
बिहिवार , फाल्गुण १८, २०७९
भैरहवा, १८ फागुन ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) निर्वाचनका लागि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भैरहवा बहुमुखी क्याम्पसमा संगठन दर्ता गराएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित स्व.वि.यु. निर्वाचन तालिकाअनुसार बिहीबार संगठन दर्ता गराइएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । विद्यार्थीहरुको हकहितमा निरन्तर काम गर्दै आएको अनेरास्ववियु विद्यार्थीहरुको पहिलो रोजाइ भएको न्यौपानेले बताए ।
बिहीबार १ बजे क्याम्पसमा पुगेर संगठन दर्ता गराइएको अनेरास्ववियु रुपन्देही जिल्ला सह–सचिव तथा सिद्धार्थनगर सह–इञ्चार्ज भीम भण्डारीले बताए ।
संगठन दर्ता गराउन अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज सरोज ठकुरी, भीम भण्डारी, सागर न्यौपाने क्याम्पस पुगेका थिए ।
निर्वाचन तालिकाअनुसार फागुन १९ गते शुक्रबार दिउँसो ३ बजेसम्म संघ–संगठन तथा समूह दर्ता गर्न सकिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij