
सोमवार , फाल्गुण १५, २०७९
भैरहवा, १५ फागुन ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । युनियनको सोमबार बसेको बैठकले स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवारको रुपमा अनुप द्विवेद्वीलाई अगाडि बढाउने निर्णय गरेको हो । द्विवेद्वीसहितको टीमलाई अगाडी बढाउने निर्णय भएको युनियनले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
त्यस्तै विचार र एजेण्डा मिल्ने अन्य राजनीतिक दलका विद्यार्थी संघ, संगठनसँग समन्वय र सहकार्य गरी साझा वा संयुक्त उम्मेदवारी घोषणाका लागि युनियनबाट तीन सदस्यीय कार्यदल बनाएर जिम्मेवारी तोकिएको युनियनले जनाएको छ । कार्यदलको सदस्यहरुमा विनय कुमार मिश्रा, मोहम्मद अली र निरज यादव रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij