२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

न्यु लाइट कलेजमा पुरस्कार तथा छात्रवृति वितरण 

शनिवार , फाल्गुण १३, २०७९

बुटवल, १३ फागुन । 
रुपन्देहीको तिलोत्तमा शंकनगरमा रहेको न्यु लाइट कलेजमा पुरस्कार वितरण, खाना महोत्सव, खुला नृत्य प्रतियोगिता तथा छात्रवृति वितरण कार्यक्रम भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी कलेजका विद्यार्थीले खाना महोत्सव र विविध साहित्यका तथा साँस्कृतिक प्रदर्शन गरेका थिए भने वकलेजले पुरस्कार तथा छात्रवृति वितरण कार्यक्रम गरेको हो । 

कार्यक्रममा कलेजले कक्षा ११, १२ तथा स्नातक तहमा अध्ययन गर्ने गरीब तथा जेहन्दार १६ जना विद्यार्थीहरुलाई छात्रवृति तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । 

कलेज व्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई पुरस्कार तथा छात्रवृति वितरण गर्दै प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले डिजिटल युग अनुसारको शैक्षिक गतिविधिलाई शिक्षालयहरुमा प्रयोग गर्नुपर्ने बताए । 

कार्यक्रममा कलेज प्रमुख रमेश ज्ञवालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै काम लाग्ने खालेको शिक्षा दिन कलेज प्रतिवद्ध रहेको बताए । कलेजले वार्षिक कार्यतालिका अनुसार एकसाता अगाडिदेखि सप्ताहव्यापी खेलकुद कार्यक्रम लगायतका अतिरिक्त क्रियाकलापहरु गर्दै आएको कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले जानकारी दिए । 

कलेजले खेलकुद तथा शैक्षिक पुरस्कार वितरण, विद्यार्थीद्वारा खाना महोत्सव, खुल्ला नृत्य प्रतियोगिता, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको शैक्षिक संयोजक कुँवरले जानकारी दिए ।

११, १२ सँगै स्नातक तहमा शिक्षा तथा व्यवस्थापन संकायमा अध्ययापन गराउँदै आएको न्यु लाईटमा एक हजार बढी  विद्यार्थीहरुले अध्ययन गर्ने गरेको लेखा प्रमुख रविन शाक्यले जानकारी दिए । कार्यक्रममा सल्लाहकार ईश्वरचन्द पोखरेलले मन्तव्य व्यक्त गरेका थिए । अतिरिक्त क्रियाकलाप प्रमुख खेमराज खनालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

329971202_216367880868905_1652211910632049486_n.jpg