२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

भैरहवा बहुमुखी क्याम्पसमा जसपा, लोसपा र जनमतका विद्यार्थी संगठनबीच गठबन्धन 

शनिवार , फाल्गुण १३, २०७९

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, १३ फागुन ।
    आगामी चैत ५ गते गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र जनमत पार्टी निकट विद्यार्थी संगठनले भैरहवा बहुमुखी क्याम्पसमा गठबन्धन गरी भाग लिने सहमति गरेका छन् ।

    पार्टीको निर्देशन बमोजिम तीनवटा विद्यार्थी संगठनबीच गठबन्धन गरी स्ववियु निर्वाचनमा भाग लिने र अन्य दल/समूहबीच छलफल जारी राख्ने सर्वसम्मत निर्णय भएको शनिबार विज्ञप्तीमार्फत तीन विद्यार्थी संगठनले जनाएका छन् ।

    समाजवादी विद्यार्थी युनियनका राहल यादव, लोकतान्त्रिक विद्यार्थी संघका जैनुद्दिन देवान र जनमत विद्यार्थी संघका विरेन्द्र लोधद्वारा जारी विज्ञप्तीमा उक्त जानकारी गराइएको हो ।