२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

मुन लाईटले मनायो ३३ औं वार्षिकोत्सव

बुधवार , फाल्गुण १०, २०७९

भैरहवा, १० फागुन ।
मुन लाईट आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–६ बैंक कलोनी, रुपन्देहीको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह–२०७९ मा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले शिक्षामा अनुकरणीय भूमिका खेल्न सफल भएको भन्दै मुन लाईट आवासीय माविको प्रशंसा गरे ।

कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, विद्यालयका सल्लाहकार तथा पूर्वअध्यक्ष ओमकार गौचन, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल, एसओएस बालग्रामका गोविन्द ढकाल, विद्यालयका सह–प्राचार्य राजनराज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य राजेशराज जोशीले विद्यालयका गतिविधिसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मिन बहादुर पदम कुमारी गौचन स्मृति अक्षयकोषका संरक्षक ओमकार गौचनद्वारा स्थापना गरिएको पुरस्कारबाट यसवर्ष विद्यालयका एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने रिजन रानाभाटलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै विद्यालयका संस्थापक प्रिन्सिपल बी.एन. शर्मालाई दोसल्लासहित कदरपत्रले सम्मान गरिएको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश खरेलको अध्यक्षता, विद्यालय सञ्चालक समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुलप्रसाद न्यौपानेको स्वागत तथा सह–प्राचार्य टीकाराम भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

332757162_3537395126517056_6759651698962480192_n.jpg

कार्यक्रममा विभिन्न विधामा उत्तीर्ण विद्यार्थीहरुलाई शिल्ड तथा पुरस्कार वितरण गरिएको थियो । त्यस्तै समारोहमा विद्यार्थी तथा शिक्षकहरुले नृत्य प्रस्तुत गरेका थिए । ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइको उत्सव मंगलबार विशेष समारोहकाबीच सम्पन्न भएको हो ।