
आइतवार , फाल्गुण ७, २०७९
भैरहवा, ७ फागुन ।
नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–९, रुपन्देहीले २७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । २०५३ सालमा स्थापना भएको विद्यालयले आइतबार विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले विद्यार्थी असल नागरिक बन्नुपर्ने बताए । उनले विद्यार्थीहरुलाई नैतिक शिक्षा आवश्यक रहेको बताए । उनले भने, ‘विद्यार्थीहरु नैतिकवान बन्नुपर्छ । नगरप्रमुख खानले नेपाल नालन्दा आवसीय माविका संस्थापक गिरीराज विक्रम खड्काको योगदानका कारण विद्यालय यहाँसम्म पुगेको बताए । उनले सिद्धार्थनगर नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउन लागिपरेको बताए ।’
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरपालिकाले हातेमालो गर्दै अघि बढ्ने बताइन् । उनले विगतमा आफूले पनि नेपाल नालन्दा आवासीय माविमा अध्यापन गर्ने अवसर पाएको बताइन् । उप्रमुख अधिकारीले भनिन्, ‘विद्यालय यहाँसम्म पुग्नुमा संस्थापक महत्वपूर्ण योगदान छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले सबैले आ–आफ्नो भूमिका तथा दायित्व निर्वाह गर्नुपर्ने बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले निजी र सामूदायिक विद्यालयबीच विभेद गर्न नहुने बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले सिस्टमले सबै कुरा सञ्चालन भए व्यवस्थित हुँदै जाने बताए ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीका सल्लाहकार बसन्त पाण्डेले नेपाल नालन्दा आवासीय माविको इतिहास भैरहवाको इतिहाससँग जोडिएको बताए ।
विद्यालयकी अभिभावक कल्पना पन्थीले नेपाल नालन्दा आवासीय माविमा आफ्नो छोराछोरी पढाउन पाउँदा खुसी लागेको बताइन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश ढकालको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, विद्यालयका प्रबन्ध निर्देशक युवराज पाण्डेको स्वागत तथा शिक्षक कविर रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुति गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयले आयोजना गरेका अतिरिक्त तथा खेलकुद कार्यक्रम तथा २०७८ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा हाल ६५० जना बढी विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल युवराज पोखरेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij