२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

काशीमा बाल साहित्यिक समिति गठन 

शुक्रवार , फाल्गुण ५, २०७९

भैरहवा, ५ फागुन ।
काशी नोबल एकेडेमी सिद्धार्थनगरमा अध्ययनरत विद्यार्थीहरुको भेलाले बाल साहित्यिक समिति गठन गरेको छ । प्रिति धवल अध्यक्षतामा समिति गठन भएको विद्यालयले जनाएको छ । जसको उपाध्यक्षमा सुर्यासं मिश्र, सचिवमा कुसुम अर्याल, सह–सचिवमा स्मारिक पाण्डे र कोषाध्यक्षमा अर्विता घिमिरे रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा आस्था पोखरेल, दिपेश न्यौपाने, सारथी पन्त, अपेक्षा बेलबासे, दृष्टि पौडेल, प्रतिज्ञा अग्रहरी, आकांक्षा पराजुली, ओमप्रकाश शर्मा, प्रत्युस पोखरेल र प्रस्तुती कोइराला रहेका छन् । 

विद्यालयका शिक्षक विष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एकेडेमीका प्रिन्सिपल राजेन्द्र घिमिरेले विद्यार्थीहरुको बाल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले बाल साहित्यिक समिति गठन गरिएको बताए । उनले पाठ्यपुस्तक मात्र पढेर नहुने भएकाले अतिरिक्त ज्ञानको आवश्याकता रहेकोमा जोड दिए ।

कार्यक्रममा शिक्षक रेखा गौतम लगायतले बोलेका थिए । कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागी रहेको भेलाको सञ्चालन शिक्षक तेजप्रसाद पन्थले गरेका थिए ।