२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

साउदी अरबमा महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

मंगलवार , पौष १४, २०७७

काठमाडौं, १४ पुस । 
साउदी अरबको एउटा अदालतले आतंकवाद सम्बन्धी अपराधमा संलग्न भएको आरोप लगाउँदै एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला सुनाएको छ । 

आतंकवाद सम्वन्धी अपराधमा संलग्न भएको आरोप लगाइएकी चर्चित अधिकारकर्मी लोहजैन अल हथलौललाई उक्त अदालतले पाँच वर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाए अनुसार ती महिला अधिकारकर्मीले आतंकवादविरुद्धको कानुन उल्लघंन हुने गरी धेरै गतिविधिहरु गरेको र आतंकवादलाई सघाएको सरकारी पक्षको दावी छ ।