२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

कांग्रेस सांसद भण्डारीको आज बिहान १० बजे शल्यक्रिया

शुक्रवार , फाल्गुण ५, २०७९

काठमाडौं, ५ फागुन । 
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राती ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो ।

कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिबाकोटीका अनुसार शुक्रवार विहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टीमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरू गरेको उनले जानकारी दिए । उनकाअनुसार उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कंडेल र माधव न्यौपानेले दिएको जानकारीअनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । 

बुधबार राती ग्याँस सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासी लागेको आगोमा परी सांसद भण्डारी र उनको आमा गम्भिर घाइते भएका थिए । सिभिल अस्पताल हुँदै किर्तिपुरस्थित अस्पतालमा पुर्याईका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिएपछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बइ लगिएको थियो । सांसद भण्डारीकी आमाको भने हिजै किर्तिपुर अस्पतालमा मृत्यु भएको छ ।