२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

लोकतान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा अग्रहरी

बुधवार , फाल्गुण ३, २०७९

काठमाडौं, ३ फागुन ।  
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संगठनको केन्द्रिय समिति विस्तार भएको छ । संगठन केन्द्रीय सदस्यमा रुपन्देहीबाट उमेश अग्रहरी र भुवनेश प्रताप मल्ल मनोनित भएका छन् । भैरहवा निवासी अग्रहरी लोसपाका युवा नेता समेत हुन् ।

मंगलबार साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्यीय केन्द्रिय समिति विस्तार गरेको हो । तत्कालिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट अलग भएको वर्ष दिनपछि लोसपाले आफनो विद्यार्थी संगठनलाई विस्तार गरेको हो ।