२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

अनेरास्ववियुमा सहमति भएन, अध्यक्षका लागि भोली निर्वाचन हुने

बुधवार , फाल्गुण ३, २०७९

काठमाडौं, ३ फागुन ।

अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बुधबार दिउँसो १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । 

१० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ ।

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसै गरी महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ। न्युज कारखाना