
बुधवार , फाल्गुण ३, २०७९
काठमाडौं, ३ फाल्गुन ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् ।
वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिक स्रोतले बतायो ।
उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij