
सोमवार , फाल्गुण १, २०७९
भैरहवा, १ फागुन ।
नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–९, रुपन्देहीको आयोजनामा सोमबार ‘नेपाल नालन्दा फूड फेस्टिबल–२०७९’ सम्पन्न भएको छ । विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको प्रबन्ध निर्देशक युवराज पाण्डेले बताए । उनले विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको बताए ।
अतिरिक्त क्रियाकलापअन्तर्गत फूड फेस्टिबल आयोजना गरिएको विद्यालयका प्रिन्सिपल युवराज पोख्रेलले बताए । उनले फागुन ७ गते विद्यालयले आयोजना गर्ने वार्षिक उत्सवको पूर्व संध्यामा फूड फेस्टिबल आयोजना गरिएको जानकारी दिए । उनले भने, ‘कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागीताले हामी हर्षित भएका छौं, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’
नेपाल नालन्दा आवासीय मावि कक्षा ८ मा अध्ययनरत प्रतिका बेल्बासेले विद्यालयले राम्रो कार्यक्रमको आयोजना गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘फूड फेस्टिबलमा हामीले पकौडा, मटर पकायौं । विद्यार्थी, अभिभावक तथा शिक्षकशिक्षिकालाई हामीले बनाएका परिकार खुवाउन पायौं, अत्यन्तै खुसी लागेको छ ।’
विद्यालयकी अभिभावकको अन्नपूर्ण पाण्डेले विद्यालयले फूड फेस्टिबल आयोजना गर्नु सराहनीय भएको बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij