२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

प्याब्सनद्वारा आयोजित वक्तृत्वकला प्रतियागितामा युनिभर्सल र मुनलाइट प्रथम

सोमवार , फाल्गुण १, २०७९

भैरहवा, १ फागुन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) सिद्धार्थनगर रुपन्देहीले वक्तृत्वकला कार्यक्रम गरेको छ । आइतबार भैरहवामा आफ्ना सदस्य विद्यालयका ४० जना विद्यार्थीहरुबीच प्याब्सनले उक्त प्रतियोगिता भएको हो । संस्थाको वार्षिक कार्ययोजना अनुसार विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले बताए ।

प्याब्सन सिद्धार्थनगरमा २० विद्यालय रहेको र उक्त विद्यालयका जुनियरतर्फ १ जना र सिनियरतर्फ १ जना गरी ४० जना विद्यार्थी कार्यक्रममा सहभागी रहेको कार्यक्रम संयोजक राजेशराज जोशीले बताए ।

प्रतियोगिताबाट सिनियरतर्फ युनिभर्सल पब्लिक हाई स्कूलका छात्रा रिमा खत्री प्रथम, मुनलाइट आवासीय माध्यमिक विद्यालयका छात्र बुद्ध पाण्डे द्वितीय, काशी नोबेल एकेडमीकी छात्रा त्रिबिमा पन्त तृतीय भएका छन् । त्यस्तै जुनियरतर्फ मुनलाइट आवासीय माध्यमिक विद्यालयका छात्र केशव चर्तुवेदी प्रथम, टाइनी टुडलर्सकी छात्रा आब्या पाण्डे द्वितीय र सनसाइन आवासीय माध्यमिक विद्यालयका आर्यमन शर्मा तृतीय भएको निर्णायक डिल्लीराज भट्टराईले जानकारी दिए ।

सिनियरतर्फको प्रतियोगिता नेपाली भाषामा भएको थियो भने जुनियरतर्फको प्रतियोगिता अंग्रेजी माध्यममा भएको संस्थाका सचिव तथा कार्यक्रम सञ्चालक राजेन्द्र घिमिरेले जानकारी दिए ।