
सोमवार , फाल्गुण १, २०७९
काठमाडौं,१ फागुन ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को मंगलबार (भोलि)बाट सुरु हुने २३ औँ महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएकी हुन् ।
नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने बताएकी उनले यदी सहमति नजुटेमा भने मतदानबाट नेतृत्व छान्ने जानकारी दिएकी हुन् । मतदान प्रक्रियामा जाँखा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताइन् ।
आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गरिने जानकारी दिएकी अध्यक्ष बरालले महाधिवेशनमा करिब एक हजार ५७३ प्रतिनिधि सहभागी हुने बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij