२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

न्यू होराइजन आलुम्नाई उत्सव सम्पन्न

आइतवार , माघ २९, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बुटवल, २९ माघ । 
    न्यू होराइजन भूतपूर्व विद्यार्थी परिवार र न्यू होराइजन बोर्डिङ स्कूल कालिकानगरको आयोजनामा न्यू होराइजन अल्मुनाई फेष्ट सम्पन्न भएको छ । शनिबारका दिन होराइजन बोर्डिङ स्कूल कालिकानगरमा आयोजना गरिएको फुड फेस्ट, पोटरी शो, बूक कर्नर, आर्ट ग्यालरी, विद्यार्थी अभिभावक ट्यालेन्ट शो, रोबोटिक्स शो, हटिया बजार, मनोरञ्जनात्मक कार्यक्रम रहेको न्यू होराइजन भुपु विद्यार्थी परिवार अध्यक्ष निरज लाकौलले जानकारी दिए ।

    कार्यक्रममा विद्यार्थी अभिभावक ट्यालेन्ट शो सहभागी भएका थिए । २२ जनाको सहभागीता रहेको शो ४ चरणमा सम्पन्न भएको थियो । प्रथम स्थान  प्रिन्स बगाले, नितु कुवर बगाले, द्वितीय स्थान क्यारीसा क्षेत्री, बिन्दु क्षेत्री, तृतीय स्थान सब्रीना पाण्डे र शंकर पाण्डेले पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष न्यू होराइजन भुपु विद्यार्थी परिवार उमेश अमात्यले जानकारी दिए ।