२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सिद्धार्थनगर सुनचाँदी कालिगढ समितिमा नयाँ नेतृत्व

आइतवार , माघ २९, २०७९

भैरहवा, २९ माघ ।
सिद्धार्थनगर सुनचाँदी कालिगढ समिति सिद्धार्थनगर, रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका विज्ञ परामर्श समितिका संयोजक प्रेम कुमार सेन्चुरीले कालिगढ तथा सुनचाँदी व्यवसायीबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताए । उनले भने, ‘हाम्रा कालिगढहरूको सीप, इमानदारिता र लगनशीलताले नै सुनचाँदी  व्यवसाय सफल रहेको छ । यसका लागि यहाँहरुप्रति आभार व्यक्त गर्दछु । ’

कार्यक्रममा सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष विक्रम बहादुर सुनार, रूपन्देही सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष गोपाल रामदाम, संघका सदस्य राजु गहतराज, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष शतिष कुमार कौशल (दीपक), निवर्तमान अध्यक्ष प्रकाशमणि रामदाम, सुनचाँदी व्यवसायी महासंघ विज्ञ परामर्श समितिका सदस्य श्याम कुमार विश्वकर्मा, विश्वकर्मा महिला समाजकी अध्यक्ष हिरा विश्वकर्मा लगायतले बोलेका थिए । 

सिद्धार्थनगर सुनचाँदी कालिगढ समितिका अध्यक्ष धुर्व लागादेको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका विज्ञ परामर्श समितिका संयोजक प्रेम कुमार सेञ्चुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिवेशनले विशाल सुनारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा मनोज गोतामे, सचिवमा सुशील गहतराज, अनुप रामदाम, कोषाध्यक्षमा अजित बुढाथोकी र सहकोषाध्यक्षमा सन्दिप रसाइली रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सन्तोष विक, विशाल गहतराज, योगेन्द्र रसाइली, कृष्ण सेन्चुरी,  सरोज गजमेर, प्रकाश खड्का, आशिष सुनार, शान्तिनाथ मिल्दे र सुदिप रसाइली रहेका छन् ।

संघका उपाध्यक्ष  विशाल सुनारको स्वागत तथा सचिव मोहन सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुनचाँदी लामो समयदेखि कालिगढ पेशामा आबद्व व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।