२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, सिके गुप्ता बने सामाजिक विकास मन्त्री

शनिवार , माघ २८, २०७९

रुपन्देही, २८ माघ ।
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेश प्रमुखको कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता ऋषिराम पन्थीका अनुसार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन गरी पुनर्गठन गरेका छन् ।

योसँगै लुम्बिनीको १० सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शनिबारको मन्त्रिपरिषद् विस्तारअनुसार लुम्बिनी सरकारको आर्थिक मामिला मन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । त्यस्तै सामाजिक विकास मन्त्रीमा जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सिके) नियुक्त भएका छन् ।

त्यस्तै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रीमा चेतनारायण आचार्य (एमाले), भौतिक पूर्वाधार विकास मन्त्रीमा इन्द्रजीत थारु (माओवादी केन्द्र), स्वास्थ्य मन्त्रीमा विष्णु प्रसाद पन्थी (एमाले), आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा कृष्णा के.सी.(माओवादी केन्द्र), वन तथा वातावरण मन्त्रीमा दुर्गा प्रसाद चौधरी (एमाले), उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीमा जानकी प्रसाद यादव (राप्रपा) र कृषि तथा भूमि व्यवस्था मन्त्रीमा तुलसीराम शर्मा (एमाले) नियुक्त भएका छन् ।

329958335_711638707282575_8360242519754627966_n.jpg