
शनिवार , माघ २८, २०७९
अर्घाखाँची, २८ माघ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।
पाणिनी गाउँपालिका वडा नं ८ पालीमा आज बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षिय हुमबहादुर कुमालको ज्यान गएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
दुर्घटनामा २२ वर्षका चालक चामबहादुर कुमाल र ३९ वर्षका शंकरबहादुर कुमाल घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाइ उपचारको लागि पाल्पा पठाइएको छ । टयाक्टरको ब्रेक फेल भइ बाटोबाट अन्दाजी एक सय ५० मिटर तल प्रहरीले जनाएकाे छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij