
शनिवार , माघ २८, २०७९
रुपन्देही, २८ माघ ।
लोक पत्रकारिता सम्मानबाट पत्रकार विरेन्द्र कुँवर सम्मानित भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको शुक्रबार रुपन्देहीको तिलोत्तमामा भएको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा लोक दोहोरीको क्षेत्रमा सञ्चार क्षेत्रबाट योगदान पुर्याएको भन्दै कुँवरलाई नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सह–सचिव समेत रहेका कुँवर खस्यौली साप्ताहिक र रेडियो जागरणमा कार्यरत छन् ।
पत्रकार कुँवरलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजि, लुम्बिनी प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेयले दोसल्ला र प्रमाणपत्र प्रदान गरेका हुन । त्यसै गरी लोक अभिभावक सम्मानबाट रुपन्देहीका राधेश्याम राजभण्डारी, अग्रज श्रष्टा सम्मानबाट तुकमानसिङ कार्की र नवप्रतिभा सम्मानबाट सम्झना रणपाललाई सम्मानित भएका छन ।
साधारणसभा तथा अधिवेशनको अवसरमा प्रदेशको तर्फवाट विभिन्न प्रतियोगीताहरुमा सहभागी भइ विजय हासिल गरेका कलाकारहरु प्रकाश पराजुली, मीना बुढाथोकी, विक्रम बाबु विश्वकर्मा र लक्ष्मी बस्नेतलाई समेत सम्मान गरिएको थियो ।
प्रतिष्ठानले जिल्लाहरुको कार्यसम्पादनका आधारमा रुपन्देही जिल्लालार्ई उत्कृष्ट जिल्लाको रुपमा सम्मान गरेको छ ।
अधिवेशनमा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिले लोक दोहोरी गीत प्रतिष्ठानले कलाकारहरुको हकहितको लागि काम गर्दै आइरेको बताए । कार्यक्रममा प्रतिष्ठान केन्द्रीय सल्लाहकार खिम बहादुर हमाल, पूर्व केन्दिय अध्यक्ष चन्द्र शर्मा, दुर्गा रायमाझी, संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ्ग, केन्द्रिय वरिष्ठ उपाध्यक्ष रीता थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लोकसंगीतले समाजलाई जोड्ने भएकाले कलाकारहरुले सामाजिक दायित्वलाई भुल्न नहुनेमा जोड दिएका थिए ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डिल्ली नारायण पाण्डेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष नारायण थापाको स्वागत तथा सचिव टीकाराम लुईटेलको सञ्चालनमा कार्यक्रम भएको हो । साधारणसभामा कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij