images
images

शनिवार, जेठ ५ गते २०८१

काशी नोबल एकेडेमीमा पुरस्कार वितरण

काशी नोबल एकेडेमीमा पुरस्कार वितरण

images
images
images
बुधवार, माघ २५ २०७९
बुधवार, माघ २५ २०७९
  • काशी नोबल एकेडेमीमा पुरस्कार वितरण

    भैरहवा, २५ माघ ।
    काशी नोबल एकेडेमी सिद्धार्थनगर नगरपालिका–१२, रुपन्देहीमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयद्वारा आयोजित सप्ताहव्यापी खेलकुद कार्यक्रममा विजेता भएका विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको हो । सप्ताहव्यापी खेलकुद कार्यक्रममा विद्यालयमा कक्षा ११ र १२ को दीवा समूहमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको सह–प्राचार्य श्री रायमाझीले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले काशी नोबल एकेडेमी शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको बताए । उनले कक्षा ११ र १२ मा पनि सिद्धार्थनगरमा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षामा विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको भन्दै प्रशंसा गरे ।

    324991721_593628535918223_4870453287897743510_n.jpg

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलको प्रमुख आतिथ्यता, निर्मल हुमागाई, दीपक काफ्ले, धनिश्वर तिमिल्सना, फिरोज खान, मकबुल अहमदको आतिथ्यता, विद्यालयका सह–प्राचार्य श्री रायमाझीको स्वागत तथा प्लस टु कोर्डिनेटर हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि पोखरेलले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij