२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

तिलोत्तमामा फागुन १ देखि ‘पितृ पुराण श्रीमदभागवत ज्ञान महायज्ञ’

मंगलवार , माघ २४, २०७९

तिलोत्तमा, २४ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामै पहिलोपटक दैवी प्रकोप, बाढीपहिरो तथा विभिन्न दुर्घटनामा परेर मृत्यु भएका ज्ञातअज्ञात पितृहरुको उद्दारका लागि तिलोत्तमा–१ स्थित नयाँमिलमा न्यौपाने वंश समाजको आयोजनामा ‘पितृ पुराण श्रीमदभागवत बिवाट ज्ञान महायज्ञ’ लगाउने तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै न्यौपाने बंश समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले महायज्ञबारे जानकारी गराएका हुन् । 

न्यौपाने बंश समाज नेपालको आयोजनामा ‘पितृ पुराण श्रीमद भागवत बिराट ज्ञान महायज्ञ’ आयोजनाको अन्तिम तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । फागुन १ गतेदेखि ७ गतेसम्म हुने महायज्ञका लागि सम्पूर्ण व्यवस्थापनको चरण तयारी अन्तिममा पुगेको हो ।

विभिन्न प्रकोप र दूर्घटनामा मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै फागुन शिवको महिमा महिनाको अवसर पारेर धार्मिक तथा साँस्कृतिक एवं हिन्दुत्वको भाव झल्काउन महायज्ञ आयोजना गर्न लागिएको संस्थाका निवर्तमान अध्यक्ष मेगराज न्यौपानेले बताए । यसप्रकारको पितृमोक्ष महायज्ञ तिलोत्तमामा पहिलोपटक हुन लागेको र न्यौपाने वंश समाजले पनि पहिलोपटक गर्न लागेको हुँदा सबैको पितृ मोक्षमा सहयोगी भूमिका हुने संस्थापक अध्यक्ष खगुपति न्यौपानेको भनाइ छ । 

महायज्ञका बारेमा बोल्दै गेहेन्द्रराज न्यौपानेले सहगोत्रिय बन्धुहरुमा भाइचारा बढाउने तथा अन्य सबैखाले पितृ मोक्षकालाई यो महायज्ञ बरदान सावित हुने विश्वाससहित यो महायज्ञ लगाउन लागिएको बताएका छन् । ‘पितृ पुराण श्रीमदभागवत विराट ज्ञान महायज्ञ’ को प्रमुख बाचकका रुपमा युवा पण्डित व्यासाचार्य नारायण प्रसाद न्यौपाने (श्री कृष्णचरणामृत ) रहने मूल आयोजक समितिका बेद प्रसाद न्यौपानेले बताए । 

महायज्ञमा दैनिक पूजाअर्चना, पाठपारायÞण, संगीतमय कथा प्रवचन तथा भजन, झाँकी लक्ष्यदिप प्रज्वलन समेत हुने आयोजकले बताएको छ । कार्यक्रममा हुमनाथ न्यौपाने सुदिप, गीतादेवी न्यौपाने, केशवराज न्यौपाने, धुर्वराज न्यौपाने, इश्वरीप्रसाद न्यौपाने लगायतका जिल्लाका अध्यक्ष पदाधिकारी तथा न्यौपाने बन्धुहरुको उपस्थिति रहेको थियो ।