
मंगलवार , माघ २४, २०७९
भैरहवा, २४ माघ ।
नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको प्रथम इकाई अधिवेशन सोमबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले शंकर भुसालको सभापतित्वमा १९ सदस्यीय इकाई समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको वरिष्ठ उपसभापतिमा कुल्दीप तिवारी, उपसभापतिमा संचिता अधिकारी, अमित पाण्डे, निरन नेपाल, रचना खराल, सचिवमा पवित्रा पौडेल, सह–सचिवमा अरुणा पौडेल, करिष्मा खनाल, सुमन तिमिल्सना, सरिता पुडासैनी र कोषाध्यक्षमा दिलिप बस्याल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अन्जली सिलवाल, सिर्जना गैरे, अस्मिता न्यौपाने, दिपा ज्ञवाली, प्रशन गौतम, शुशिल पौडेल र सामना खनाल रहेका छन् ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का सभापति धर्मराज शर्माको प्रमुख आतिथ्यता तथा नेविसंघ रुपन्देही जिल्ला सभापति सन्दिप पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij