
सोमवार , माघ २३, २०७९
बुटवल, २३ माघ ।
बुटवल जुनियर जेसीजको आइतबार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सदस्य भुमिश्वर ढकालले जेसीजले विधिको शासन कायम गर्ने मूल उद्देश्यअनुसार समाज रहेका ठाउँमा लागू गनुपर्ने बताए । उनले जेसीजबाट समाज तथा अन्य क्षेत्रले धेरै विषयहरू सिक्नुपर्ने भन्दै मुलुकको भविष्य युवाहरू काँधमा रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी विश्वविद्यालयका बोर्ड सदस्य नारायण प्रदान भुसाल, बुटवल जेसीज अध्यक्ष हरिविक्रम कुँवर, बुटवल जुनियर जेसीज संस्थापक अध्यक्ष तथा निर्वाचन मण्डल प्रमुख निसान भुसाल बुटवल जेसीजका पूर्व कोडिनेटर मथुरा पिया, मनोज भट्टराई, रीजन श्रेष्ठ, बालकुमारी भण्डारी, विजय गुरुङ लगायत बोलेका थिए ।
कार्यक्रम असीम लामिछानेको अध्यक्षता र राजीव पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा असीम लामिछाने नवनिर्वाचित बुटवल जुनियर जेसीज २०२३ का अध्यक्ष सुन्दर पौडेललाई पद हस्तान्तरण गरेका थिए । छिमेकी शाखाहरू तिलोत्तमा, देवदह, सैनामैना जेसीजका पदाधिकारीहरू पनि उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij