२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

भैरहवामा सञ्चालनमा आयो लुम्बिनी ट्रेनिङ एण्ड कम्प्युटर इन्ष्टिच्युट

सोमवार , माघ २३, २०७९

भैरहवा, २३ माघ ।
भैरहवामा लुम्बिनी ट्रेनिङ एण्ड कम्प्युटर इन्ष्टिच्युट सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–५ स्थित लक्ष्मी कम्पलेक्सभित्र सञ्चालनमा आएको इन्ष्टिच्युटको आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशसभा सदस्यद्वय सन्तोष कुमार पाण्डेय र कन्हैया बनियाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेल, रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, युवा समाजसेवी मोहम्मद अली, कैशमोहम्मद शाई (गुड्डु) लगायतको उपस्थिति रहेको थियो ।

IMG_6318.JPG

यस क्षेत्रका विद्यार्थीहरुलाई सर्वसुलभ रुपमा विभिन्न तालिम र कम्प्युटर शिक्षा प्रदान गर्ने उद्देश्यले लुम्बिनी टे«निङ एण्ड कम्प्युटर इन्ष्टिच्युट सञ्चालनमा ल्याएको सञ्चालक जैनुद्दिन देवानले बताए । उनले इन्ष्टिच्युटमा रोजगारमूलक कार्यक्रमहरु, हाई डिमाण्ड कम्प्युटर कोर्स, एकाउण्टिङ प्याकेज, डिप्लोमा इन कम्प्युटर एप्लीकेशन, हार्डवेयर नेटवर्किङ (बेसिक एण्ड एडभान्स), फोटोग्राफीक डिजाइनिङ कार्यक्रमहरु सञ्चालन हुने जानकारी दिए । त्यस्तै प्राटीकल टेनिङ अन्तर्गत क्यासियर वर्क, स्टोर किपर वर्क, गो डाउन मेनटेनेन्स, एकाउण्टेण्ट तालिम प्रदान गरिने देवानले बताए ।