२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियलद्वारा क्यान्सरविरुद्ध सचेतना

आइतवार , माघ २२, २०७९

भैरहवा, २२ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले शनिबार रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीस्थित प्रगतिशिल आमा समूहको भवनमा क्यान्सरविरुद्ध सचेतना कार्यक्रम गरेको छ । मायादेवी गाउँपालिका, रुपन्देही, नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटलको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

विश्व क्यान्सर दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष गजेन्द्र कोहारले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले क्यान्सरविरुद्धको सचेतना कार्यक्रमले क्यान्सरबाट बच्न सहयोग गर्ने बताए ।

विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले रचनात्मक कार्य गरेको बताए ।

कार्यक्रममा नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय अध्यक्ष दिलिप भटराई र नेपाल क्यान्सर हस्पिटलका डा. सचिन शाक्यले सहजीकरण गरेका थिए ।

329100212_926459275054741_5122191954178789574_n.jpg

लायन्स सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष गजेन्द्र कोहारको अध्यक्षता, कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष भोजराज बस्यालको स्वागत, तृतीय उपाध्यक्ष विपिन कुमार शाहको ध्वजा अभिवादन तथा सचिव गणेश प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा क्यान्सरपीडित अर्चना यादव २१ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरिएको कार्यक्रम संयोजक भोजराज बस्यालले बताए ।

329058070_3450470028612279_7612373471944170171_n.jpg