
आइतवार , पौष १२, २०७७
बुटवल, १२ पुष । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट कोरोना संक्रमित बिरामी बेपत्ता भएको खवर छ। अस्पताल श्रोतका अनुसार गत पुष ८ गते कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको आइसियुमा भर्ना भएका एक जना कोरोना संक्रमित अस्पतालबाटै हराएका हुन्।
बुटवल उपमहानगर वडा नं १३ का बेलबासका ति ५५ वर्षिय कोरोना संक्रमित पुरुष आज आईतबार बिहान शौचालयबाट हराएको अस्पतालले जनाएको छ । बेलाबेलामा अलिक अस्वाभाविक ब्यबहार देखाउने ति बिरामी बिहान ५ बजेतिर पिसाव फेर्ने बहानामा शौचालय गएको र शौचालयबाटै जङ्लतिर भागेको त्यहाँका कर्मचारीले बताएका छन्।
शौचालयबाट जंगलतिर लागेको भन्ने थाहा पाएपछि अस्पतालका कर्मचारी र कुरुवाहरुले केहिबेर पिछागर्दै खोजेको भएपनि राजमार्ग पार गरेर जङ्ल पसिसकेको हुनाले फेलापार्न नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक एवं कोरोना अस्पताल फोकल पर्संन डा. सुदर्शन थापाले बताए।
अस्पतालबाट भागेपछि योगीकुटी पुगेर परिवारलाई फोन सम्पर्क गरेका ति संक्रमित त्यसपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । ति संक्रमितलाई खोज्ने क्रममा त्यहाँस्थित एक होटेलबाट परिवारलाई फोन गरेको र तत्कालै सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ।
परिवारका सदस्यहरुले जानकारी गराए अनुसार उनले मानसिक रोगको औषधी सेवन गरिरहेकाले अलि बढिनै निगरानी गर्न अस्पताल प्रशासनलाई आग्रह गरिएको भन्ने जानकारी प्राप्त भएको पनि प्रहरीले जनाएको छ। उनलाई बिशेष निगरानीमा राखिएको भएपनि बिहान ५ बजेतिर सुरक्षाकर्मीहरु आराम गरिरहेका बेला बिरामी जङ्ल पसेको अस्पताल प्रशासनले जनाएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij