images

शुक्रवार, बैशाख २१ गते २०८१

प्रेस चौतारी स्थापना दिवसको दिन पुरस्कार वितरण गरिने

प्रेस चौतारी स्थापना दिवसको दिन पुरस्कार वितरण गरिने

images
images
images
शनिवार, माघ २१ २०७९
शनिवार, माघ २१ २०७९
  • प्रेस चौतारी स्थापना दिवसको दिन पुरस्कार वितरण गरिने

    काठमाडौं, २१ माघ । 

    images
    images
    images

    प्रेस चौतारी, नेपालको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ ।

    २२ माघ काठमाडौंमा हुन गईरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना तथा कार्यक्रम बिभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिए । 

    उनका अनुसार बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठिन समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ । 

    जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा. बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ । 

    यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र  चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई दिन लागिएको चौतारीले जनाएको छ । न्युज कारखाना

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij