images

शनिवार, बैशाख २२ गते २०८१

लुम्बिनीमा हुन लागेको राम कथा प्रवचनको बौद्ध धर्मालम्बीबाट बिरोध

लुम्बिनीमा हुन लागेको राम कथा प्रवचनको बौद्ध धर्मालम्बीबाट बिरोध

images
images
images
शनिवार, माघ २१ २०७९
शनिवार, माघ २१ २०७९
  • लुम्बिनीमा हुन लागेको राम कथा प्रवचनको बौद्ध धर्मालम्बीबाट बिरोध

    भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालन हुन लागेको रामकथा प्रवचनको बिरोध गर्दै भैरहवामा बौद्ध धर्मसंग सम्बन्धीत संघसस्थाले सडक सघर्ष कार्यक्रम शुरु गरेका छन् । रुपन्देही आसपासमा रहेका बौद्ध धर्मसंग सम्बन्धीत संघ सस्थाले लुम्बिनीमा हुने भनिएको रामकथा प्रवचनले बौद्ध धर्म र सम्पदा माथि आक्रमण गर्ने भन्दै सडक सघर्ष कार्यक्रम गरिएको बताएका छन् । 

    images
    images
    images

    सम्युक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले रामकथा प्रवचनले लुम्बिनीको गरिमा घटाउने तथा धार्मिक आक्रमण बढ्ने भन्दै सडक सघर्ष गर्नु परेको अन्तराष्ट्रिय बुद्ध परियती उदय बिहारका बरिष्ठ उपाध्यक्ष हरिओम बिकेले जानकारी दिए । उनले बुद्ध जन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीको मात्र आस्थाको केन्द्र रहेको उल्लेख गर्दै गैर बौद्धधर्मावम्बवीले कार्यक्रम गर्न नुहने बताए । उनले लुम्बिनीमा हुन लागेको उक्त कार्यक्रमले धार्मिक हस्तक्षेत्र हुने भन्दै बिरोध जनाए ।  

    IMG_0109.JPG

    बौद्धि धर्म तथा समुदायको बिरोधका कारण रामकथा प्रवचन कार्यक्रम अन्योलमा परेको छ । आजदेखि शुरु हुने भनीएको प्रवचन प्राबिधिक कारण भन्दै राम कथा प्रेम यज्ञ समितिले माघ २४ गते मंगलबारदेखि प्रवचन कार्यक्रम हुने जनाएको छ ।यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन माघ २४ गतेलेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको हो । 

    ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहनु भएका कथा वाचन मोरारी बापुले सबै धर्मका प्रमुख तीर्थस्थलहरू एवं प्रमुख स्थानहरूमा प्रवचन दिदै आएका छन् । बौद्ध धर्मालम्बीको बिरोधका कारण जुर्मुराउन लागको लुम्बिनीको पर्यटन क्षेत्र पुन सुस्ताउने अबस्थामा पुगेको छ । 

    अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij