
शनिवार , माघ २१, २०७९
भैरहवा, २१ माघ ।
काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीले शनिबार माइन्ड एण्ड मेमोरी पावर सेमिनार गरेको छ । अभिभावक, विद्यार्थी र शिक्षकलाई लक्षित गरेर सो सेमिनार गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा संसारको पहिलो नेपाली ममोरी किंग डा. नबल पजियारले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पजियारले कसरी स्मरण शक्ति बढाउन सकिन्छ, व्यक्तित्व विकास कसरी गर्ने जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे केसीले विद्यालयले गरेको नयाँ कार्यले सबैमा उर्जा थपेको बताइन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाक उपप्रमुख उमा अधिकारी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सहायक प्राचार्य श्री रायमाझीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij