images

बिहिवार, बैशाख २० गते २०८१

लुम्बिनीमा हुने रामकथा तीनदिनपछि सर्‍यो

लुम्बिनीमा हुने रामकथा तीनदिनपछि सर्‍यो

images
images
images
शुक्रवार, माघ २० २०७९
शुक्रवार, माघ २० २०७९
  • लुम्बिनीमा हुने रामकथा तीनदिनपछि सर्‍यो

    भैरहवा, २० माघ । 
    बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबारदेखि हुने भनिएको रामकथा प्रवचन ३ दिनपछि सरेको छ । आयोजक राम कथा प्रेम यज्ञ समितिले माघ २४ गते मंगलबारदेखि प्रवचन कार्यक्रम हुने जनाएको छ । 

    images
    images
    images

    यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन माघ २४ गतेलेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको हो । कथा आयोजक समितिले सञ्चालन गर्ने भण्डारा भने पूर्ववत रुपमा २१ गते शनिबारदेखि नै सञ्चालमा आउने बताएको छ ।  

    ९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रममा आध्यात्मिक गुरु मोरारीको ९१२ औं राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थस्थलहरू एवं प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन् । 

    अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाण्डौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ । 

    लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले जानकारी दिए । प्राविधिक कारणले तीन दिन कार्यक्रम तीनदिन पछाडी सरेको उनले बताए ।

    यसअघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि विकास केडियाले जानकारी दिए । कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावसर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा आधा बढी पहिलोपटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दावी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij