images

बिहिवार, बैशाख २० गते २०८१

शंकरनगर सामूदायिक वनमा ब्लड सुगर र कोलेस्ट्रोलको निःशुल्क परीक्षण

शंकरनगर सामूदायिक वनमा ब्लड सुगर र कोलेस्ट्रोलको निःशुल्क परीक्षण

images
images
images
बिहिवार, माघ १९ २०७९
बिहिवार, माघ १९ २०७९
  • शंकरनगर सामूदायिक वनमा ब्लड सुगर र कोलेस्ट्रोलको निःशुल्क परीक्षण

    तिलोत्तमा, १९ माघ । 
    शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले समूहको वार्षिक कार्यक्रम अनुसार समूहका पार्षद तथा कर्मचारीहरुको ब्लड सुगर र लिपिड प्रोफाइल अन्तर्गत कोलेस्ट्रोलको निःशुल्क परीक्षण गराएको छ ।

    images
    images
    images

    सामुदायिक वनको आयोजना र शंकरनगर स्वास्थ्य चौकी तिलोत्तमा–२ को प्राविधिक सहयोगमा समूहको कार्यालय प्रांगणमा कार्यसमिति, पार्षद, सल्लाहकार तथा कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

    स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले भौतिक विकास मात्र नभएर मानवताको शहर निर्माण गर्ने अभियानमा लाग्नुपर्ने बताए ।

    तिलोत्तमा नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न स्वास्थ्य चौकीहरुवाट सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने ब्यवस्था मिलाएको उल्लेख गरे । नगरपालिकाले स्वास्थ्यको गुणस्तरलाई माथि उठाउने र नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यअनुरुप आनन्दवन हेल्थ पोष्टबाट प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँमा रगतबाट गरिने होलबडी चेकजाँच र सेमरा हेल्थ पोष्टवाट प्रतिव्यक्ति ६५० रुपैयाँमा एक्स–रे र भिडियो एक्स–रेको सुविधा रहेकाले आफ्नो स्वास्थ्य जाँच गराई लाभ लिन नगरबासीलाई आग्रह गरे ।

    समूहका सचिव कालिका अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा समूहका अध्यक्ष रविन्द्र बस्नेतले समूहको वार्षिक कार्यक्रमअनुसार समूहका पार्षदहरुलाई निःशुल्क रुपमा रगतबाट जाँच गरिने ब्लड सुगर र कोलेस्ट्रोलको परीक्षण गरिएको बताए । पार्षद तथा कर्मचारीहरुमा स्वास्थ्यप्रति सचेतना जगाउंदै नियमित स्वास्थ्य जाँच गराउने बानीको विकास गर्ने उद्देश्यअनुरुप निःशुल्क रगत परीक्षण कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने अध्यक्ष बस्नेतले जानकारी दिए ।

    समूहकी उपाध्यक्ष कमला ज्ञवालीले मानिसको सबैभन्दा ठूलो सम्पति स्वास्थ्य रहेको र स्वस्थ मानिसले मात्र समाज विकासमा योगदान गर्न सक्ने भएकाले सामुदायिक वनले पार्षदहरुको स्वास्थ्य जाँचलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिएको बताए ।   
    समूहका ३१२ जना पार्षदमध्ये करिब २५० जनाले बिहीवार विहान खालीपेटमा ब्लड सुगर र कोलेस्ट्रोल जाँचका लागि रगत दिएको समूहका कोषाध्यक्ष भुवन आचार्यले जानकारी दिए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij