
मंगलवार , माघ १७, २०७९
भैरहवा, १७ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको आयोजनामा सोमबार भैरहवामा स्तन क्यान्सरविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयमा भएको कार्यक्रममा ७० जना बढीको उपस्थिति रहेको क्लबकी अध्यक्ष निर्मला श्रेष्ठले बताइन् ।
कार्यक्रमको सहजीकरण डा. संजय पाण्डेले गर्नुभएको कार्यक्रम संयोजक शारदा रेग्मी कपुरले जानकारी दिइन् ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले क्यान्सरविरुद्ध सचेतना कार्यक्रम आयोजना गर्नु सराहनीय भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij