images

शुक्रवार, चैत्र १६ गते २०८०

रुपन्देहीमा शहीद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा गहतराज

रुपन्देहीमा शहीद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा गहतराज

images
images
images
सोमवार, माघ १६ २०७९
सोमवार, माघ १६ २०७९
  • रुपन्देहीमा शहीद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा गहतराज

    बुटवल, १६ माघ । 

    images
    images
    images

    रुपन्देहीमा शहीद स्मृति प्रतिष्ठान गठन गरिएको छ । बुटवलमा सोमबार सम्पन्न भेलाले सुन्दर गहतराजको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

    प्रतिष्ठानको उपाध्यक्षमा मुक्ति अधिकारी, सचिवमा मुक्तिप्रसाद भट्टराई, सह–सचिवमा  कृष्णमाया राना, कोषाध्यक्षमा काशीराम पौडेल, सदस्यहरुमा हरिहर श्रेष्ठ, माधव प्रधान, मीना जिसी र बाबुराम नेपाल रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा बालकुमारी भण्डारी, टेकबहादुर थापा, महेन्द्र थापा, बसन्तप्रसाद ढकाल, गणेश शर्मा, कानूनी सल्लाहकारमा खडानन्द भण्डारी र प्रेस सल्लाहकारमा कपिल ज्ञवाली रहेका छन् ।

    प्रतिष्ठानका प्रदेश संयोजक काजीमान श्रेष्ठ तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कांग्रेस प्रदेश सदस्य बालकुमारी भण्डारीको प्रमुख आतिथ्यमा भेला भएको हो । सो अवसरमा बोल्दै कांग्रेस नेतृ बालकुमारी भण्डारीले कांग्रेसलाई समयसापेक्ष चलाउनुपर्ने र शहीदहरुको सम्मानमा सधै लाग्नुपर्ने बताइन् । उनले रुपन्देहीका शहीदहरुको पहिचान गर्नुपर्ने बताइन् ।

    प्रतिष्ठानका प्रदेश संयोजक काजीमान श्रेष्ठले रुपन्देहीमा सबै शहीद अटाउने गरी  शहीद स्मृति पार्क निर्माणका लागि पहल गर्ने बताए ।

    कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव बिमलराज भट्टराईले नेपालमा  अझै पनि उन्नत लोकतन्त्र आएको अनुभुति नभएको बताए । उनले बुटवलको पहिचान झल्कने काम गर्नका लागि बृहद योजनासहितको साझा शहीदपार्क बनाउनुपर्ने बताए ।

    सल्लाहकार टेकबहादुर थापा, महेन्द्र थापा लगायतले बोल्दै शहीदहरूको खोज अनुसन्धान, परिवारको सम्मान तथा शालिक निर्माण गर्नुपर्ने बताए ।

    प्रतिष्ठानको पहिलो बैठकले रुपन्देहीको उपयुक्त स्थान छनौट गरी चार शहीदको शालिक र जिल्लामा बिभिन्न आन्दोलनमा ज्यान गुमाएका सबैलाई समेटेर शहीद स्मृति पार्क निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले माघ १६ गते शहीद दिवसको अवसरमा शहीदप्रति श्रद्धाञ्जली तथा प्रथम भेला गरेको हो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij