२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

जेसीआई सिद्धार्थ, नेपालको ४८ औं पदस्थापन समारोह, अध्यक्षमा भण्डारी

सोमवार , माघ १६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १६ माघ ।
    जेसीआई सिद्धार्थ, नेपालको ४८ औं पदस्थापन समारोह शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२३ का लागि अध्यक्षमा निर्वाचित मनोज भण्डारीलाई वर्ष २०२२ का अध्यक्ष कमल जि.सी.ले पद हस्तान्तरण गरेका थिए ।

    संस्थाको गत पुस २ गते सम्पन्न ४७ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले वर्ष २०२३ का लागि मनोज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो ।

    त्यस्तै संस्थाको कार्यकारिणी उपाध्यक्षमा अर्जुन कुवर, कृतेश कुमार श्रेष्ठ, उपाध्यक्षमा प्रमोद रिजाल, भीम बहादुर थापा, आकाश पौडेल, निर्देशकमा सुमेर विक्रम खाण, सिद्वान्त खनाल, विनोद बरई र दिनेश केवट निर्वाचित भएका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले जेसीजले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

    328327621_1377528489662997_5079589728027817986_n.jpg

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेय, प्रदेशसभा सदस्य देवी प्रसाद चौधरी, नेपाल जेसीज २०२३ का कार्यकारिणी उपाध्यक्ष तथा एरिया डी का यसाइन इभिपी जीवन कार्की, नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय अध्यक्ष दिलिप भट्टराई, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, निर्वाचन आयुक्त तथा जेसीआई सिद्धार्थ, नेपालका पूर्वअध्यक्ष ओम कुमार श्रेष्ठ, जेसीआई सिद्धार्थ, लेडी नेपालकी अध्यक्ष विष्णु पाण्डे लगायतले बोलेका थिए ।