images

शुक्रवार, चैत्र १६ गते २०८०

 शहीदहरुको स्मरणमा 

 शहीदहरुको स्मरणमा 

images
images
images
सोमवार, माघ १६ २०७९
सोमवार, माघ १६ २०७९
  •  शहीदहरुको स्मरणमा 

    माघ १६, जुनदिन देशको र जनताको लागिविभिन्न संर्घषहरुमा आहुती दिएका प्रथम शहीद लखन थापादेखि राष्ट्रमा प्रजातन्त्रको सुर्योदयको लागि सहादत भएका चार शहीदहरु शुक्रराजशास्त्री, धर्मभक्त माथेमा, दशरत चन्द र गंगालाल श्रेष्ठको संर्घषमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू बलिदानी योद्धाहरूको योगदानमा र नेपाल आमाका ज्ञात अज्ञात सपुतहरु जसले देशको लागि जीवन आहूति दिए । शहीद दिवस मनाउँदै शहीदहरुलाई स्मरण गर्ने महत्वपूर्ण दिन ।

    images
    images
    images

    हुन त् शहीदहरु आमनागरिकका मानसपटलमा सदैव जीवित र अमर रहेका छन् । जनताको अधिकार स्थापनाको लागि विभिन्न कालखण्डमा भएका आन्दोलन, संघर्षमा बिना स्वार्थ आफूलाई देशको लागि बलिदान दिने अमर व्यक्तित्वहरु जसलाई शहीद भनिन्छ । तिनै शहीदहरुको नाममा विभिन्न स्वार्थ सिद्ध गर्ने तर राजनीतिक दलहरुको शब्दावलीमा आइरहने शब्द प्रजातन्त्र, लोकतन्त्र आजका दिनसम्म वा ७० वर्षको इतिहासपछि पनि सामान्य आमनागरिकसम्म पुग्ननसकेको यथार्थ र संक्रमणकालको नाममा सीमित मानिसहरुले शासन सत्ताको सुविधा लिइरहने जमातको कारण आज ती शहीदहरुको अवमुल्यन भइरहेको अवस्थामा व्यर्थै ज्यानको आहूती दिएको रहेछ भनेर कहीकतैबाट बोध गरिरहेका होलान् ?

    शहीद कुनै पार्टी, क्षेत्र, जात, धर्म वर्णबाट माथि उठेर देश र राष्ट्रको राष्ट्रियता, अखण्डताको संरक्षणकोलागि बलिदान दिने प्रतीक हुन । तर कस्तो बिडम्बना आफूलाई लोकतन्त्र, गणतन्त्रको मसिहा ठान्ने र शहीदहरुको नाम भजाएर त्यही पार्टी, क्षेत्र, जात, धर्म वर्णको नाममा राजनीतिको उद्योग र व्यापार गर्नेहरुले देशको राष्ट्रियता, अखण्डता एवं समृद्धिलाई च्याँखे थाप्न उद्यतहरु नै शहीद दिवस मनाउने अधिकारी एवं तिनै ठूला ठूला भाषण ठोकिरहेका छन्, जुन कुरा तिनलाई लाज नलागे पनि तिनीहरुलाई देखेर जनताले लाजमान्नु पर्ने अवस्था आजको वास्तविकता हो ।

    सन्दर्भः शहीददिवस

    पछिल्ला वर्षहरुमा यहाँ साँध मिचिएको झगडा, अपराधी भएर जेल बस्दा मृत्यु भएका, भएका सडक दुर्घटनामा ज्यान गुमाएका आदिलाई अमूक पार्टीको र समुहको झण्डा बोकी भीडको राजनीति गरेर १० लाख रुपैंयामा शहीदको व्यापार गर्नेहरुबाट शहीद दिवसको दिन प्रवचन दिदैं शहीद प्रति अपमान गरिरहेका छन् ।

    प्रजातन्त्र, लोकतन्त्र, विगत १० वर्षदेखि गणतन्त्रको नाममा जनतालाई अधिकार सम्पन्न गर्छौ र संविधानसभाबाट संविधान बनिसके पछि देश र जनताको आर्थिक सामाजिक विकास हुन्छ भनी  २००७ सालदेखि जनतालाई  आश्वासन दिने र संक्रमणकालको नाममा सत्तामा रहि आफ्नो मात्र स्वार्थसिद्ध गर्न लालायित हुने राजनीतिका सफेदपोस माफियाहरु तथादलहरुको स्वार्थको कारण र तिनीहरुले निर्लज्जाको पराकाष्ठा देखाइरहँदा शहीदहरुको आत्मा पनि रोएको होला । र तिनै आफूलाई नेता भन्नेहरु आज कतैकतै शहीद दिवसको दिन विभिन्न कार्यक्रममा उभिएर शहीदहरु बारे बोलिरहँदा आफूलाई गलत महसुस गरेका होलान जस्तो लाग्दैन् ।

    २००७ सालदेखि आज २०७९ सम्म बाजे पुस्तादेखि नाती पुस्तासम्म सबैले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संक्रमणकालको नाममा आन्दोलनको भन्दै कहिलेसम्म शहीद बनिरहने हो ? यसको उत्तर आजसम्म कसैले दिन सकेको छैन् भने यस्तो नियति भोग्ने कतिपटक आन्दोलन गर्ने कतिलाई शहीद बनाउने । विभिन्न कालखण्डमा विभिन्न नामहरु अधिनायकवाद, सर्वसत्तावाद, निरकुंशतन्त्र भन्दै आन्दोलन मार्फत राष्ट्र र जनतालाई समृद्ध बनाउँछौ भन्ने कथित मुखियाहरु असफल आन्दोलनबाट केही प्राप्त गरिसकेपछि आफ्नो, श्रीमती, छोरा, छोरी, सम्धी, सासु, ससुरा भान्जा, भान्जी र नातागोता आसेपासेहरुको कमाउने धन्दा संरक्षण गर्न र विभिन्न भ्रष्टाचारका काण्डहरु दिनमामात्र सीमित ररिरहेका छन् भन्दा अति सोयोक्ति नहोला ? अब पनि राज्य प्रणालीमा हालीमुहाली गर्नेहरु सचेत नहुने हो भने सुसुप्त अवस्थामा रहेका र केहि व्रिदोह स्वरुप पोखिएका वर्तमानका घटनाहरुलाई विचार गर्दा कतै समान्य नागरिकहरु स्वत स्फूर्त रुपमा ठूलै विद्रोहको चेतावनी सरकार र राज्य प्रणालीमा हालीमुहाली गर्नेहरुलाई दिदैछन् त्यसमा सचेत रहन जरुरी छ ।

    प्रत्येक कालखण्डका आन्दोलनहरु विभिन्न नामका सम्झौताहरुमा कुनै वैदेशिक भूमिका कुनै यही भूमिमा गएर टुगिंएको इतिहासले वर्णन गरिरहेछ । राजनीतिका आन्दोलन र माग पूूरा भो भन्दै आर्थिक समृद्धितर्फ अघि बढ्ने हो भन्नेहरु आफ्नो आफ्नो सत्ता स्वार्थका प्रतिकुलता र अनुकुलताका आधारमा बेलाबखत प्रतिगमन, सर्वसत्ताबाद भो भन्दै फेरी पनि आन्दोलन गर्नुपर्छ भन्दै देश र जनताको समृद्धि भन्दा आ–आफ्नो पद र कुर्सीको पुनःप्राप्तीको लागि आन्दोलन गर्ने संविधानका मर्महरु च्यात्ने कर्ममा उद्दत देखिदैछन् ? अझै कतिपटक आन्दोलन गर्ने र जनतालाई शहीद बनाउने तर्फ अघि बढ्ने हो यसको उत्तर कतैबाट आएको छैन् ।

    सामान्य नेपाली नागरिक, शहीद परिवारका सदस्यहरु बिरामी भइ अस्पतालमा बेड नपाउँदा वा अस्पतालको गल्लीमा सुतिरहँदा, बाध्यताबस लाखौं नेपालीले विदेशिएर आफ्नो पसिना चुहार अनि दैनिक ३ वटा लासको कफीन भित्रिरहँदा, संविधानले दिएको मौलिकहक शिक्षा र स्वास्थ्य जस्ता सामान्य सुविधाबाट वञ्चित रहँदा पनि तिनिहरु गरीब नेपालीले  पठाएको रेमिटयान्सको रकममा मोज गर्दै संसद्मा हाजिर गरेर टाप कस्दै भत्ता खानमा मस्त रहँदासम्म जनतालाई विर्सिदिन्छन् अनि भन्छन् शहीदको सपना र जनताको लागि लागिपरेका छौ ? अनि वर्षौ बितिसक्दा पनि शहीदको नाम लिएर उनीहरुलाई अपमानित गरिरहेका छन् ।  कतिसम्म भने कसलाइ शहीद भन्ने कसलाई नभन्ने विषयमा विवाद गर्ने अनि आयोग समेत बनाउन पछि नपरेका देखेका छौं ।

    शहीदहरुको सपना सकार पार्नको लागि देश र जनतालाई कसरी सबल बनाउने त्यसको बारे चिन्ता लिनुपर्ने त्यसको लागि काम गर्नुपर्ने बेला शहीदहरुको बलिदानलाई समेत वेवास्ता गर्दे सत्ताको लागि मरिहत्ते गर्ने हाम्रा राजनीतिक दल तथा तिनका नेताहरुलाई, शहीदहरुले देशको लागि बलिदान दिए जस्तै यिनले पनि  सत्ताको स्वार्थको  लागि त्याग गरी देश र जनतालाई सम्झी पद प्रतिष्ठा, कुर्सी मोह त्यागी देशलाई आर्थिक प्रगतिको पथमा अगाडि बढाउनको लागिपरे भने नै वास्तविक शहीदप्रति सम्मान हुनेछ ।अन्यथा इतिहासको कुनै पनि पानामा खलपात्रहरुको रुपमा सम्मानका साथ यिनिहरुको नाम लेखिने छ ।

    राष्ट्र र जनताको लागि आफ्नो ज्यानअर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति नमन । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij