
शुक्रवार , माघ १३, २०७९
भैरहवा । मायादेवि गाउँपालिका ८ मतकोलवामा रहेको श्री जनचेतना आधारभुत बिद्यालयको ४७ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
बिद्यालय स्थापनाको ४६ बर्ष पछि बिद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष धुर्वनारायण चौधरीले बिद्यालयको भौतिक र शैक्षिक गुणस्तरका लागि आबश्यक सहयोग गर्ने बताए । उनले लामो ईतिहास बोकेको बिद्यालयले आसातित बिकास गर्न नसकेको उल्लेख गर्दै यसको बिकासमा गाउँपालिका, बिद्यालय व्यवस्थापन समिति, अभिभावक तथा शिक्षक, शिक्षिका मिलेर बिकास गर्नुपर्नेमा जोड दिए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा अक्षर आरम्भ तथा बाल कक्षा बिद्यार्थी भर्ना, गीत तथा नृत्य प्रस्तुत, चन्दादाता तथा शिक्षाप्रेमीलाई सम्मान गरिएको बिद्यालयकी प्रधानाध्यापक तुलसी सुवेदी जानकारी दिईन । उनले बिद्यालयको शैक्षिक उन्नयनमा योगदान पु¥याउनु भएका सस्थापक तथा पुर्व प्रअ, उत्कृष्ट शिक्षक, शिक्षिका, बिद्यार्थी लगाएतलाई सम्मान गरिएको थियो ।
विद्यालयका सस्थापक प्रधानाध्यापक बालमुकुन्द त्रिपाठीले आक्षराम्भ गराएका थिए । सो अबसरमा बिद्यालय परिषरमा सरस्वती मन्दिरको सिलन्यास गरिएको छ । मन्दिरको निमार्ण कार्य यसै आथिर्क बर्षभित्र सक्काउने योजना रहेको मायादेवि गाउँपालिका ८ का अध्यक्ष चोकबहादुर थापाले जानकारी दिए ।
सो अबसरमा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पुर्व पदाधिकारी, पुर्व प्रअ, मायादेवि गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण लामिछाने, सियारी गाउँपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेल लगाएतले बोल्दै बिद्यालयलाई माध्यामिक तह सञ्चालन गर्ने गरी काम गर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij