
शुक्रवार , माघ १३, २०७९
भैरहवा, १३ माघ ।
मेरिगोल्ड मन्टेश्वरी स्कूलले सरस्वती पूजा तथा तेस्रो वार्षिकोत्सव कार्यक्रम गरेको छ । बिहीबार ओमसतिया गाउँपालिका वडा नम्बर १ ठुटीपीपलमा रहेको स्कूलले कार्यक्रम गरेको हो । स्थापना कालदेखि नै छुट्टै पहिचान बनाएको विद्यालयले पूर्ण रुपमा मन्टेश्वरी पद्दतिबाट शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।
कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष बेलबहादुर बराल मगरले मेरिगोल्ड मन्टेश्वरी स्कुलले सुरुवाती चरणदेखि नै बालबालिकाको शैक्षिक गुणस्तरमा प्रभावकारी शिक्षा प्रदान गरेको बताए । उनले आफ्नो वडामा रहेको मन्टेश्वरी स्कूल संरक्षण र प्रवर्धन गर्ने दायित्व रहेको बताए ।
ओमसतिया–३ का वडा अध्यक्ष प्रकाश सिंहले गाउँपालिकामा कुनै पनि मन्टेश्वरी नरहेको र गाउँपालिकाकै पहिलो मन्टेश्वरी स्कूल रहेको बताउँदै अन्य विद्यालयमा पढ्ने र मेरिगोल्डमा पढ्ने विद्यार्थीको क्षमतामा अन्तर हुने गरेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले मन्टेश्वरी शिक्षाले विद्यार्थीको चौतर्फी विकासमा सहयोग गर्ने बताउँदै यो पद्दतिले विद्यार्थीलाई पढाउने भन्दा पनि उनीहरूको क्षमता पहिचान गरी सोहीअनुसार सिकाइको पद्दति अपनाइने शिक्षा रहेको बताए ।
सञ्चारकर्मी सरु रानाले मन्टेश्वरी शिक्षाले विद्यार्थीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सहयोगी बन्ने बताउँदै विद्यार्थीमा शैक्षिक उपलब्धिको साटो प्रत्येक बालबालिकामा उत्प्रेरणा जगाउने काम हुने बताइन् ।
स्थानीय समाजसेवी लोकनाथ पौडेलले शैक्षिक तथा प्राकृतिक वातावरणमा सामाजिक अन्तत्र्रिmयाद्वारा मनोवैज्ञानिक ढंगले अभ्यासमा मन्टेश्वरी स्कुलले शिक्षा दिँदै आएको बताउँदै वडा नम्बर १ मा रहेको यो विद्यालयको संरक्षण गर्नुपर्ने दायित्व सबैको भएको बताए ।
युवा उद्यमी फर्सुराम बास्तोलाले मनोरञ्जनात्मक, सृजनात्मक र प्रयोगात्मक मानिने मन्टेश्वरी शिक्षा पछिल्लो समयमा प्रभावकारी मानिँदै आएको र ओमसतिया गाउँपालिकामा पनि सोही पद्दतिअनुसार शिक्षा मेरिगोल्ड मन्टेश्वरी स्कुलले दिँदै गरेकोे बताए ।
स्थानीय लक्ष्मी खरेलले विद्यालयले किताबी ज्ञान मात्रै नभएर योग शिक्षा, नृत्य र संस्कृति अनुसारको शिक्षा दिँदै आएको बताइन् ।
विद्यालयकी प्रिन्सिपल बिन्दु खरालले मन्टेश्वरी शिक्षामा प्रयोगात्मक एवं व्यवहारिक सिकाइबाट बालबालिकामा क्षमताको विकास हुने, स्मरण शक्ति बढ्ने, पढाएको कुरा राम्रोसँग बुझ्ने, आत्मविश्वास बढ्ने, भ्रम निराकरण हुने, सकारात्मक सोच अभिवृद्धि हुने, सिर्जनशीलता बढ्ने, चुनौती सामना गर्न सक्ने सीप एवं क्षमताको विकास हुने बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij