
शुक्रवार , माघ १३, २०७९
बुटवल, १३ माघ ।
तिनाउ इङ्लिस बोर्डिङ स्कूल बुटवल उपमहानगरपालिका–११ मा बिहीबार एक समारोहकाबीच पुरस्कार वितरण तथा सरस्वती पूजा गरिएको छ । स्कूलमा विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
स्कूलका संस्थापक प्राचार्य तथा अध्यक्ष यज्ञमूर्ति पाण्डेयको अध्यक्षतामा भएको सो कार्यक्रममा दिनभर विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरे भने विभिन्न साँस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो । यसअघि सम्पन्न भएका प्रतियोगिता तथा नतिजाहरुमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको प्राचार्य सीता पाण्डेले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij