
बिहिवार , माघ १२, २०७९
भैरहवा, १२ माघ ।
मुनलाइट आवासीय माध्यमिक विद्यालय, सिद्धार्थनगरले बिहीबार सरस्वती पूजा सम्पन्न गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले शिक्षा क्षेत्रमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे । सोही अवसरमा विद्यालयले तयार पारेको किड्स जोनको पनि उनले उद्घाटन गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य राजेशराज जोशीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । विद्यालयमा नयाँ बालबालिकाका लागि अक्षराम्भ पनि आजै गरिएको थियो ।
विद्यालय सञ्चालक समितिका उपाध्यक्ष कुल प्रसाद न्यौपानेको स्वागत मन्तव्य तथा सहायक प्राचार्य राजन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका सल्लाहकार भैरव कलवार, लेखा समितिका संयोजक मनिष कुमार जोशी, त्रिलोकी प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij