२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

तिलोत्तमा–६ द्वारा विद्यालयलाई ई–रिक्सा सहयोग

बिहिवार , माघ १२, २०७९

रुपन्देही, १२ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ ले बसन्त पञ्चमीको अवसर पारेर वडामा रहेको उमा आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । 

बिहीवार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाअध्यक्ष गणेश पाठक र वडा सदस्यहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बहादुर दर्लामीलाई  विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका हुन् । 

सुनौलो बस्ती, गोरकट्टा, कुञ्जलापुरको पश्चिम क्षेत्र टाढाटाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने नगरप्रमुख रामकृष्ण खाणले बताए । विद्यालयको समग्र भौतिक निर्माण तथा शैक्षिक विकासका लागि आफूहरु सकारात्मक रहेको र योजनाबद्ध रुपमा अगाडि बढेको नगरप्रमुख खाणले बताए ।

टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटोरिक्सा उपलब्ध गराइएको तिलोत्तमा वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकले बताए । उनले सामूदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पनि सवारीसाधनले सहयोग पुग्ने जनाए ।