images

शुक्रवार, बैशाख ७ गते २०८१

आजदेखि शहीद सप्ताह सुरु

आजदेखि शहीद सप्ताह सुरु

images
images
images
मंगलवार, माघ १० २०७९
मंगलवार, माघ १० २०७९
  • आजदेखि शहीद सप्ताह सुरु

    काठमाडौं, १० माघ । मंगलबारबाट शहीद सप्ताह सुरु भएकाे छ ।

    images
    images
    images

    मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष १०-१६ माघसम्म शहीद सप्ताह मनाउने गरिएकाे छ ।१० माघदेखि विभिन्न कार्यक्रम गरेर शहीद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

    शहीद शक्रराज शास्त्रीलाई १० माघ १९९७ का दिन पचलीमा मृत्युदण्ड दिइएको थियो । साेही दिनकाे सम्झनामा हरेक वर्ष १० माघबाट शहीद सप्ताह मनाउन थालिएकाे हाे । साथै  शहीद धर्मभक्त माथेमालाई १३ माघमा फाँसी दिइएको थियो भने १५ माघमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली प्रहार गरेर हत्या गरिएकाे थियो । चारैजनाको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ। तत्कालीन शासक पक्षले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij