२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

भैरहवाको जेल रेष्टुरेण्टमा प्रशासनको अनुगमन

सोमवार , माघ ९, २०७९

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, ९ माघ ।
    जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भैरहवाको देवकोटास्थित जेल रेष्टुरेण्ट एण्ड बारमा सोमबार अनुगमन गरेको छ । 

    विगत एक महिनादेखि सञ्चालनमा रहेको जेल रेष्टुरेण्ट एण्ड बारलाई अनुमति दिइएको तर उद्देश्यअनुरुप व्यवसाय सञ्चालन नगरेको पाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । उनले भने, ‘मिडिया र अन्य विभिन्न माध्यमबाट जानकारी पाएपछि अनुगमन गरेका हौं ।’

    व्यवसाय सञ्चालन गर्दाखेरी खान, बस्नको लागि व्यवस्था उद्देश्यसहित अनुमति लिएकोमा होटलमा अहिले जेलको जस्तो आकार, जेलका कोठाहरु जस्तो आकार भएको, हातमा हत्कडी लगाउने, बन्दुकहरु सजाइएको, आम नागरिकहरुमा आत्महत्या गर्न प्रोत्साहन गर्ने प्रकृतिका व्यवहारहरु भएको देखिएको बताए ।

    325250753_3401354490154167_6577752164745296821_n.jpg

    बन्दुक, हत्कडीका सामानहरु, आत्महत्या गर्ने नाइलनका डोरीहरु लगायतका सामान बरामद गरिएको सहायक प्रजिअ अर्यालले जानकारी दिए । उनले भने, ‘व्यवसाय सञ्चालकलाई अर्को आदेश नहुञ्जेलसम्म भोलि नै जिल्ला प्रशासन कार्यालयमा सप्रमाण उपस्थित हुन निर्देशन गरेका छौं र आज होटल बन्द गराएका छौं ।’