
सोमवार , माघ ९, २०७९
भैरहवा, ९ माघ ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीले थप सेवा विस्तार गरेको छ । अस्पतालले आइतबारदेखि ओ.पी.डी तथा बाल रोगसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्न सुरु गरेको हो । लामो अनुभवप्राप्त डाक्टर प्रत्युष ज्ञवालीलाई अस्पतालले अनुबन्ध गरेसँगै बालरोग विशेषज्ञ सेवा पनि सुरु अस्पतालले जनाएको छ । ।
अस्पतालका प्रबन्ध निर्देश अर्जुन पौडेलले हस्पिटलको सेवा विस्तार गर्दै बिरामीहरुलाई निरन्तर सेवा दिइरहेको बताए । उनले आइतबारदेखि बालरोगसम्बन्धी थप सेवा सुरु गरिएको जानकारी दिए । उनले भने, ‘अब बालरोगसम्बन्धी उपचार गर्न बिरामीलाई अन्यत्र जानुपर्दैन भन्ने हाम्रो विश्वास छ ।’
निःसन्तान दम्पत्तिका लागि आईभीएफ सेवा सञ्चालन गर्दै आइरहेको हस्पिटलमा सुरक्षित गर्भाधारण तथा सुरक्षित डेलिभरीका लागि बालरोग तथा महिला रोगसम्बन्धी सेवाको विशेष भूमिका रहेकाले बालरोग, महिला तथा प्रसुति रोगका साथै सुविधासम्पन्न १२ वेड रहेको एनआईसीयू सेवा समेत विस्तार गरिएको पौडेलले बताए ।
‘हस्पिटलले वर्षौदेखि सन्तान नभएर चिन्तित भइरहेका निःसन्तान दम्पतिहरुका लागि बाबुआमा बन्ने अवसर प्रदान गर्नका लागि आईभीएफ सेवा तथा प्रसुति तथा लामो अनुभव प्राप्त महिला रोगसम्बन्धी विशेषज्ञ डा.ज्योति रानाद्वारा महिलाहरुमा रहेका विभिन्न किसिमका स्त्री रोगहरुको सफल उपचार सेवा सञ्चालन गरिरहेको छ’, पौडेलले भने, ‘नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न प्रतिष्ठित हस्पिटलहरुमा लामो अनुभवप्राप्त बालरोग विशेषज्ञ सेवा प्रदान गर्दै आइरहनुभएका विशेषज्ञ डा.उदय सिंह रहेकोमा यही माघ ८ गते आइतबारदेखि अनुभव प्राप्त डा.प्रत्युष ज्ञवाली पनि आवद्ध भएर सेवा प्रवाह सुरु गर्नुभएको हो ।’
हालसम्म बालरोग विभाग अन्तर्गत डा. उदय सिंहले सेवा प्रदान गर्दै आएकोमा सबै बिरामी तथा अविभावकको माग र सुविधालाई मध्यनजर गर्दै हरेक दिन जुनसुकै समयमा सेवा दिन सक्ने गरी ओ.पी.डी सेवा बिहान १० बजेदेखि बेलुका ६ बजे र अत्यावश्यक सेवा २४ सै घण्टा सञ्चालन हुने हस्पिटलले जनाएको छ । हस्पिटलले सञ्चालन गरेको एनआईसीयू अमेरिकामा निर्मित अत्याधुनिक मेसिनयुक्त अन्तर्राष्ट्रिय मापदण्डमा निर्मित छ । यो प्रदेशमा नै पहिलो सुविधा सम्पन्न एनआईसीयू भएको अस्पतालको भनाइ छ ।
यो सुविधासम्पन्न एनआईसीयू अन्तर्गत १२ बेड रहेको र ४ वटा भेन्टिलेटर सञ्चालनमा रहेको प्रबन्ध निर्देशक पौडेलले बताए । नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर उनीहरुलाई आवश्यक पर्ने तापक्रम मेन्टिनियन्स गर्नका लागि एसीको व्यवस्था रहेको पौडेलले जानकारी दिए ।
त्यसै गरी फोटो थेरापी सेवा, सी–प्याप सेवा पनि उपलब्ध रहेको एनआईसीयूमा काम गर्ने कर्मचारीहरु तालिमप्राप्त तथा दक्ष रहेकाले हालसम्म धेरै बिरामीहरु निको भएर घर गएको अस्पतालको भनाइ छ । आगामी दिनमा अझ स्तरीय सेवा प्रदान गर्न तत्पर रहेको पौडेलले बताए ।
वरिष्ठ महिला रोग विशेषज्ञ डा.ज्योति रानाद्वारा प्रत्येक दिन स्त्री तथा प्रसुति सम्बन्धी सेवा प्रदान भइरहेकोे यस अस्पतालले आईभीएफ सेवालाई नियमितता दिँदै आइरहेको छ । आईभीएफ सेवामा देश तथा विदेशमा लामो अनुभवप्राप्त चिकित्सकको टीम र अत्याधुनिक मेसिन रहेकाले यस क्षेत्रका निःसन्तान दम्पत्तिमा, महिला तथा पुरुषमा हुन सक्ने समस्या तथा कारण पत्ता लगाई यसको समाधानका लागि प्रयत्न गर्ने गरेको अस्पतालले जनाएको छ ।
स्वच्छ, सफा, एकान्त, शान्त तथा पारिवारिक वातावरणमा बच्चा जन्माउन चाहने आमाहरुलाई लक्षित गरि मोडुलर ओटी, अत्याधुनिक ल्याव, मेसिन तथा अनुभवी चिकित्सक, तालिम प्राप्त दक्ष नर्सहरुबाट सुरक्षित प्रसुति सेवा प्याकेज समेत अस्पतालले सञ्चालन गर्दै आएको छ । सुरक्षित प्रसुति सेवामा जटिलता आएमा नवजात शिशुको लागि अन्तर्राष्ट्रिय मापदण्डमा निर्मित एनआईसीयूमा सेवा तथा आमाका लागि मोडुलर आईसीयूमा सेवा पनि उपलब्ध रहेकाले ढुक्क भएर सेवा लिन सकिने अस्पतालको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij