२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

पब्लिक माविको स्वर्ण महोत्सव शुरु 

शिक्षा क्षेत्रको बिकासका लागि प्रदेश सरकार अग्रसर : मुख्यमन्त्री गिरी 

आइतवार , माघ ८, २०७९

भैरहवा, ८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शिक्षा क्षेत्रको बिकास र उन्नयनका लागि प्रदेश सरकारले काम अघि बढाएको बताउनु भएको छ । शिक्षा क्षेत्रको बिकास पछि मात्रै समग्र मुलुकको बिकास हुने भन्दै मुख्यमन्त्री गिरीले शिक्षा क्षेत्रमा लगानी बृद्धि गर्न प्रदेश सरकार सकारातमक रहेको बताउनु भएको छ । 

रुपन्देहीको सियारीमा रहेको पब्लिक माध्यामिक बिद्यालय स्वर्ण महोत्सवको उद्घाटन गर्दै मख्यमन्त्री गिरीले प्रदेशका अधिकांश सरकारी बिद्यालयले सिमित श्रोत र साधनका बाबजुत उत्कृट कार्य गरेको बताउनु भयो । 

उहाँले सियारीमा रहेको पब्लिक माबिले नीजि स्कुलले भन्दा गुणस्तरिय शिक्षा प्रदान गरेको बताउदै सैद्धान्तिक र व्यवहारिक शिक्षालाई युग सुहाउदो रुपमा अगाडि बढ्न आग्रह गर्नु भयो । उहाँले सरकारलाई आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै पुर्व शिक्षामन्त्री तथा सांसद वसिउद्धिन खां, सासंद तुलसीप्रसाद चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बिनोद श्रीवास्तव, सियारीका पुर्व गाउँपालिका अध्यक्ष अयोध्याप्रसाद चौधरी, बिद्यालयका प्रथम पिएचडी डाक्टर बिष्णुप्रसाद मरासिनी लगाएतले बोल्दै बिद्यालयको उन्नती र प्रगतीका लागि आआफुनो ठाउँबाट आबश्यक सहयोग गर्ने बताउनु भएको छ । 

IMG_7999.JPG

त्यस्तै नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपमहासचिव मथुरा यादव, नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष धनिश्वर गौतम, बिद्यालयका पुर्व प्रअ, रामकेश पाल लगाएतले बोल्दै सियारीको शैक्षिक बिकासका लागि सरकारले आबश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गर्नुभयो । 

आजदेखि १२ गते सम्म बिभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव गरी मनाउन लागिएको बिद्यालयका प्राचार्य डिलाराम खनालले जानकारी दिनुभयो । स्वर्ण महोत्सवको अबसरमा स्वर्ण स्तम्भ उद्घाटन तथा प्राबिधिक भवनको मुख्यमन्त्री गिरीले उद्घाटन गर्नुभएको उहाँको भनाई छ । 

IMG_7945.JPG

बिद्यालयका सहप्राचार्य ईन्द्रप्रसाद तिवारीको सञ्चालनमा भएको कार्यक्रममा बिभिन्न किसिमको नृत्य प्रस्तुत, पिएचडि बिद्यार्थीलाई सम्मान लगाएतको कार्यक्रम गरिएको बताउनु भयो । 

IMG_7993.JPG

१२ गते सल्ने महोत्सवमा हाजिरजवाफ प्रतियोगिता, अनतरमावि बक्तृतो प्रतियोगिता, प्रबिधि प्रदर्शनी, स्मारिक बिमोचन, पुर्व बिद्यार्थी र शिक्षक वीच फुटवल प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरिएको सहप्राचार्य तिवारीको भनाई छ ।