
आइतवार , माघ ८, २०७९
भैरहवा, ८ माघ । रुपन्देहीको सियारीमा रहेको पब्लिक माध्यामिक बिद्यालय ५० औ बर्षमा प्रबेश गरेको छ ।
बिद्यालयले ५० बर्ष प्रबेश गरेको अबसरमा स्वर्ण महोत्सव २०७९ को आयोजना गरेको छ ।
स्वर्ण महोत्सवको अबसरमा बिद्यालयले आज ८ गते देखि १२ गते सम्म बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको बिद्यालयका सहप्राचार्य ईन्द्रप्रसाद तिवारीले जानकारी दिए । उनले स्वर्ण महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको बताए ।
स्वर्ण महोत्सवको अबसरमा स्वर्ण स्तम्भ उद्घाटन, प्राबिधिक भवन उद्घाटन, नृत्य प्रस्तुत, पिएचडि बिद्यार्थीलाई सम्मान, हाजिरजवाफ प्रतियोगिता, अनतरमावि बक्तृतो प्रतियोगिता, प्रबिधि प्रदर्शनी, स्मारिक बिमोचन, पुर्व बिद्यार्थी र शिक्षक वीच फुटवल प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरिएको प्राचार्य डिलाराम खनालले जानकारी दिए ।
उनले सियारीको शैक्षिक बिकासका लागि पब्लिक माविले महत्वपुर्ण योगदान पु¥याएको बताउदै पब्लिक माविको शैक्षिक गतिबिधिलाई थप प्रभावकारी युग सुहाउदो बनाउदै लैजाने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij