२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

आठ मन्त्री नयाँ थप्दै प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् हेरफेर र विस्तार 

शनिवार , पौष ११, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौं, ११ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आठ मन्त्री थप्दै मन्त्रिपरिषदको जिम्मेबारी हेरफेर र विस्तार गरेका छन्। पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेमबहादुर आले वन तथा वातावराण मन्त्री भएका छन्। 

    यसैगरि पुनर्गठित मन्त्रिपरिषदमा गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्रीको जिम्मेबारी दिइएको छ भने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई बिदा गर्दै दावा लामा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। साथै जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी छन् भने उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गर्दै विमला बिकलाई उक्त जिम्मेवारी दिइएको छ। 

    उता स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पर्यटन र संघीय मामिला तथा समान्य प्रशासन मन्त्री र हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाइएको छ। कानून मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेलाई भूमि व्यवस्था मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठलाई कानून मन्त्री बनाइएको छ। 

    यस्तै भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ भने पुनर्गठित मन्त्रिपरिषदमा शिक्षा मन्त्री भएका छन्। पुनर्गठित मन्त्रीपरिषद समाबेशी बनाउने प्रयास गरिएको बालुवाटार श्रोतले जनाएको छ।। 

    133514352_152155313030497_5434816720106034939_n.jpg