
शुक्रवार , माघ ६, २०७९
भैरहवा, ६ माघ ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनी प्रदेशले विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दै पाँचौ दिनको पुण्यतिथिमा बिहीबार भैरहवास्थित बुद्धचोकमा ७२ वटा दीप प्रज्वलन गरिएको नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।
दीप प्रज्वलन एवं श्रद्धाञ्जली कार्यक्रममा नाट्टा लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्मा, निवर्तमान अध्यक्ष सागर अधिकारी, प्रदेशका पदाधिकारी, पर्यटन व्यवसायी लगायतको उपस्थिति थियो ।
माघ १ गते एती एअरलाइन्सको काठमाडौंबाट पोखरा आइरहेको विमान अवतरणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोचमा दुर्घटनाग्रस्त हँुदा चालकदलका ४ सहित ७२ जनाको मृत्यु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij