
बिहिवार , माघ ५, २०७९
रुपन्देही, ५ माघ ।
बुटवलस्थित ब्रिटिस म्यानेजमेन्ट कलेजले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कलेजबाट एसिसिएमा नेपाल दोस्रो हुने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको कलेजले जनाएको छ ।
त्यस्तै एसिसिएको विभिन्न तह सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरुलाई खादा, माला र टीका लगाएर सम्मान गरिएको छ । कार्यक्रममा वार्षिकोत्सवका सन्दर्भमा आयोजित चेस, क्यारेम, फुटसल लगायतका खेलमा विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । ब्रिटिस म्यानेजमेन्ट कलेजले बुटवलमा व्यवसायिक विषय एसिसिएको पठनपाठन सुरु गरेर उद्यमशील जनशक्ति उत्पादन गर्ने कार्यमा सहयोग गरेको भन्दै डा. सूर्य रानाले बधाई ज्ञापन गरे ।
कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायतका विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए ।
कलेजका सञ्चालक रोशन नेपालले स्वागत गर्दै बुटवलमा व्यवसायिक शिक्षा दिने उद्देश्यबाट यस क्षेत्रका शैक्षिक व्यक्तित्वहरुको पहलमा एसिसिए र सिएको पढाइ सुरु गरेको र यसले सक्षम जनशक्तिको उत्पादन हुने विश्वास व्यक्त गरे ।
सञ्चालक प्रकाश कंडेल र कपिल चापागाईले बधाई ज्ञापन गर्दै व्यवसायिक शिक्षामा एसिसिएको पढाइले योगदान दिएको उल्लेख गरे । कलेजका संस्थापक अध्यक्ष डा.शालिकराम पौड्यालको अध्यक्षता, बुटवल बहुमुखी क्याम्पसका डा. सूर्य रानाको प्रमुख आतिथ्यता तथा व्यवस्थापक सुशील कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij