
बिहिवार , माघ ५, २०७९
बुटवल, ५ माघ ।
विद्यार्थीहरुको अन्तरनीहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ लुम्बिनी बोर्डिङ स्कूलमा खेल महोत्सव आयोजना गरिएको छ । तीनदिने खेलकुद महोत्सवको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का कार्यबाहक वडाअध्यक्ष हरिनारायण मिश्रले उद्घाटन गर्दै बालबालिकाहरुलाई पढाईसंगै खेलकुद गतिविधिमा आबद्ध गराएर उनीहरुमा लुकेको प्रतिभा प्रष्फुटन गराउन सकिने बताए ।
कार्यक्रममा लुम्बिनी बोर्डिङ स्कूलका अध्यक्ष कृष्ण गौतम, स्कूलका प्राचार्य लालहरि पाण्डे, उपप्राचार्य कौशल बस्याल, गोलपार्क प्रहरी बीटका प्रमुख मेख बहादुर लामटार, संयोजक सुदिप बस्यालले खेलकुद गतिविधिबाट बालबालिकाहरुको भविष्य निक्र्यौल गर्न मद्दत मिल्ने बताए ।
कार्यक्रममा अतिरिक्त क्रियाकलाप गणेश चौधरीले बालबालिकाहरुको अन्तरनीहित प्रतिभा प्रस्फुटनका लागि विद्यालयको कक्षागत रुपमा प्री नर्सरी, जुनियर, सिनियर गरी समूहगत रुपमा ब्लाईड शुट, टक अफ वार, सेक रेस, हट पोटाटो, टेबलटेनिस, स्लो साईकल लेस, बेलुन ब्लास्ट, बल थ्रो, थ्री लेगरेस, ब्याडमिन्टन, म्युजिकल चेयर, एक सय, २ सय मिटर दौड, क्वाईन एण्ड पाउडर, मेमोरी टेष्ट, भलिबल प्रतियोगिताहरु सञ्चालन हुने बताए ।
यसैबीच खेल महोत्सवको पहिलो दिन विद्यार्थीहरुबाट मार्च पास कार्यक्रम गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij